काठमाडौं – सिन्धु बिकास बैंक लिमिटेड र फिनिक्स क्यापिटल बीच सम्झौता भएको छ । यी दुई संस्थाबीच डिजीटल मार्केटप्लेस प्रणाली अन्र्तगत ग्राहक निर्माण तथा कर्जा सहजिकरण सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र फिनिक्स क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गरे ।
उक्त सम्झौता पछि सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सवै ग्राहकहरुले फिनिक्स क्यापिटलद्घारा संचालित डिजीटल मार्केट प्रणाली karjabazaar.com अन्र्तगत प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न सक्नेछन ।
सिन्धु विकास बैंकका सेवा सुविधा लिन चाहने ग्राहकवर्गलाई फिनीक्स क्यापिटलका विशेषज्ञ कर्मचारीहरुले बैंकका सेवा सुविधाहरुको बारेमा जानकारी दिने, उपयुक्त सेवा सुविधा छनौट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण गर्न सहयोग गर्ने छन ।
karjabazaar.com नेपालको पहिलो र एकमात्र डिजिटल कर्जा बजार हो । सिन्धु विकास बैंक यस बजार मार्फत पनि आफ्नो सेवा सुविधा प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । यस अघि Standard Chartared Bank र एनएमबि बैंकले यस फिनिक्स क्यापिटल बीच सम्झौता गरी सकेका छन् ।
यस सम्झौताबाट ग्राहकहरुलाई सिन्धु विकास बैंकबाट घर कर्जा, ब्यक्तिगत कर्जा, ब्यापारिक कर्जा, शेयर कर्जा लगायतका अन्य सम्पुर्ण कर्जा सुविधा प्राप्त गर्न थप सहयोग पुर्याउने बैंकले विश्वाश लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्