×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाखको मृत्यु दावी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाखको मृत्यु दावी भुक्तानी

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
मृतक महतोले ९४ हजार ३३६ रुपैयाँको बीमा शुल्क भुक्तानी गरि जीवन बीमा गरेका थिए ।
साथै, कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान गरेको छ । कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी