काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनले सामाजिक गतिविधि गर्दै आएको वुमन एक्ट नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वुमन एक्टको केन्द्रीय कार्यालय टुसालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक सृजना अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
भुकम्प प्रभावित क्षेत्रका महिलालाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने कुरा संस्थाका सञ्चालक अधिकारीले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट करिब ३ लाख ५० हजार ग्राहकलाई बैकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्