
अर्थमन्त्री डा. युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनु भयो । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको छलफलमा भाग लिँदै उहाँले विदेशी मुद्रालाई अपचलन नहुन नदिन पनि सरकारले सो विधेयक ल्याउनु परेको स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले भुक्तानीमा जालसाँची हुन नदिन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा समितिनै गठन गरेको पनि स्मरण गराउनु भयो । उहाँले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सो सम्बन्धि बैकिङ प्रणालीको विकास गर्न लागिरहेको जानकारी दिनु भयो । अर्थमन्त्री खतिवडाले अनलाईन भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन पनि सरकारले सोसम्बन्धि कानुन निर्माणको कामलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्