Skip to content
LAXMI SUNRISE BANK

बाराको अमृतगंजमा कृषि विकास बैंकको अनलाईन बैकिङ सुरु, बैंकका सिइओ र नगरपालिकाका मेयरले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौं – कृषि विकास बैंकले बारा जिल्लाको अमृतगंजमा अनलाईन बैकिङको सुरुवात गरेको छ । अनलाईन बैंकिङको उद्धाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजय कुमार यादवले सयुक्त रुपमा गरे । 
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिँदै यस शाखालाई सूचना प्रविधि सम्पन्न गराइएको हुंदा अबका दिनमा बैंकबाट उपलव्ध हुने सेवाहरु छिटो तरिकाले सम्पन्न हुनेछ । बैंकबाट उपलव्ध सेवाको उपभोग गरी जीवनस्तर उकास्न अनुरोध गरे । साथै स्थानीय जनताको निरन्तर सहयोगले नै बैंकले उच्च प्रगति हांसिल गर्ने र भविष्यमा बैंकले थप सुविधाहरु उपलव्ध गराउने कुराको जानकारी दिए । 
सेवाग्राही, उद्योग व्यवसायी तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा मा बोल्दै, नगरपालीकाका मेयर उपेन्द्र यादव, उप–मेयर तारादेवी साहु कानु, ग्राहकको तर्फबाट मेदिनी मण्डल, मेयर विजय कुमार यादवले बैकले उपलव्ध गराउने सेवाहरुले अमृतगंज बासिहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
बैंकका क्षेत्रिय निर्देशक बाबु काजी थापाले देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा र अबका दिनमा बरियापुरबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK