×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक नयाँ शाखा बाराको कोल्हवीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि विकास बैंक नयाँ शाखा बाराको कोल्हवीमा

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले बाराको कोल्हवीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूत प्रसाद मैनाली ,बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, संघिय सांसद उमाकान्त चौधरी, प्रदेशसभा सदस्य त्रिलोक चौधरी, कोल्हवी न.पा.का मेयर भरत भण्डारीले सयुक्त रुपमा गरे । 
कार्यक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपध्याले बैंकिङ सेवा तथा सुविधाका बारेमा जानकारी दिनुका साथै, बैंक भनेको स्थानीय बासीहरुको हो त्यसकारण स्थानी जनताको सहयोग र साथ मिल्दै गएमा बैंकले धेरै क्षेत्रहरु समेटी लगानी बृद्धि गर्नेछ भन्ने कुराको जानकारी दिए । साथै, उक्त नयाँ शाखामा पहिलो खाता खोल्ने ग्राहकलाई बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले चेकबुक हस्तान्त्रण समेत गरे । 
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूत प्रसाद मैनालीले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम यस बैंकमा निक्षेपको रुपमा जम्मा गर्नु पर्दछ । यसरी जम्मा भएको रकम उद्यमी गर्न चाहने स्थानीय जो कोहिलाई नियमानुसार बैकले वित्तीय सहयोग उपलव्ध गराउने भएकोले सम्पूर्ण स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न आग्रह गरे । 
पूर्व मन्त्री तथासांसद तथा कार्यक्रमका विशिष्ठ अतिथी उमाकान्त चौधरी, मेयर भरत भण्डारी, प्रदेश सभा सदस्य त्रिलोक चौधरीले स्थानीय जनताको तिव्र चाहना र आफुहरुको अनुरोध समेतलाई ध्यानमा राखी कोल्हवी नगरपालिकामा बैंक स्थापना गरिदिएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिंदै, बैंकलाई अबका दिनमा कोल्हवी नागरंपालिकामा नै रही रहने बातवरण सबै स्थानीय बासी हो भन्ने कुरा बताए । साथै मेयर भरत भण्डारीले कृषि विकास बैंकको कोल्हवी शाखालाई विगतको प्रतिवद्धता अनुरुप नगरपालीकाले जग्गा उपलव्ध गराउने प्रतिवद्धता समेत जनाए । 
उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंगजका निर्देशक बाबुकाजी थापाले बैंकले अबका दिनमा कोल्हवीबासीलाई मनछुने गरी उपलव्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी