काठमाडौं – कृषि विकास बैंक, चितवनको पर्सा खैरहनी शाखाले बैंकको मध्यमाञ्चल क्षेत्रीय तालीम केन्द्र बिरेन्द्रनगरमा एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम राप्ती न.पा.वार्ड ८ का वडा अध्यक्ष बुद्धि थपलियाले उदघाटन गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष, व्यवस्थापक, स्कुलका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए ।
वित्तीय साक्षरता कार्यक्रममा बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले प्रशिक्षण दिएका थिए । उनले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा आदिका जानकारी दिए । साथै, सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ, सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, घरायसी बजेट निर्माणको महत्वको आदिका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमका बोल्दै, पर्सा खैरहनीका शाखा प्रबन्धक काशीराज कंडेलले सहभागीहरुलाई स्वागत गर्दै ५० बर्षको ईतिहास बोकेको कृषि विकास बैंकले जनताको घरदैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताए । त्यसैगरी,बैंकको मुख्य कार्यालयका शाखा प्रमुख माधव रिजालले बाली तथा पशुधन सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा र अनुदानका विषयमा जानकारी दिए ।
शाखा पर्सा खैरहनीका व्यवसाय अधिकृत प्रतीक्षा विडारीले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैकले ल्याएको विभिन्न प्रकारका खाताका प्रकार, बैंकले तयार पारेको जिंगल प्रदर्शन, अत्याधुनिक बैंकिङ सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा जानकारी दिईन् ।
राप्ती न.पा.वार्ड ८ का वडा अध्यक्ष मेनका पाठक तथा पुर्णदत्त जैशीले बैंकले आयोजना गरेको यस प्रकारको कार्यक्रम फलदायी रहेको र भविष्यमा पनि वित्तीय साक्षरता कार्यक्रम गाँउ गाउँमा संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्