×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराको बरियापूरमा कृषि विकास बैंकको अनलाईन बैंकिङ सुरुवात

PRIME CA

बाराको बरियापूरमा कृषि विकास बैंकको अनलाईन बैंकिङ सुरुवात

२४ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कृषि विकास बैंकले बारा जिल्लाको बरियापूरमा अनलाईन बैकिङको सुरुवात गरेको छ । अनलाईन बैंकिङको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, गढीमाई नगरपालीकाका मेयर उपेन्द्र यादव र भू.पु सांसद शिव चन्द्र प्रसाद कुशुवाले सयुक्त रुपमा गरे । 
बार्यक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउंदै कृषि विकास बैंकले स्थानीय जनताको सहजतालाई ध्यानमा राखि यस शाखालाई पूर्णरुपमा आधुनिकीकरण गरिएको बताए । साथै, बैंकबाट उपलव्ध हुने सम्पूर्ण सेवाको उपभोग गर्न ग्राहकलाई अनुरोध गरे । यस क्षेत्रमा आबद्ध रहेका किसान, उद्यमी, व्यवसायी लगायत स्थानीय जनताको सहयोग पाउने अपेक्षा समेत व्यक्त गरे ।
बैंकका क्षेत्रिय निर्देशक बाबु काजी थापाले देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको र अबका दिनमा बरियापुरबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा जानकारी दिए । 
उद्घाटन कार्यक्रममा बैंकका सेवाग्राही, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थीती थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: