×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाईफको नयाँ बीमा योजना “दम्पती सुरक्षा प्लस(संयुक्त सावधिक)”

GLOBAL IME BANK

एशियन लाईफको नयाँ बीमा योजना “दम्पती सुरक्षा प्लस(संयुक्त सावधिक)”

२४ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।
समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको जनाएको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ ।

यस बीमा योजनाका मुख्य विशेषताहरु :

  • एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको; बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने ।
  • रु. ५०,००० देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने ।
  • ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा ।
  • दुर्घटना मृत्यु लाभ (ADB),स्थायी अपाङ्ग/अशक्त सुविधा (PTD) एवं बीमा शुल्क छुट (PWB) सुविधा भएको ।
  • मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानीको सुविधा । रकम भुक्तानी दिइने अवस्था

यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा भुक्तानी दिइनेछ :

१.बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस ।
२.बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र
आर्जित बोनस ।
३.बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम ।
४.बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम ।
यस कम्पनीको हाल अधिकृत पूँजी रु. ५ अर्ब, चुक्ता पूँजी रु. १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कम्पनीको २०७५ असोज मसान्तसम्म रु.१३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल २९ वटा शाखा र ७७ वटा उपशाखा गरी १०६ वटा कार्यालयहरुबाट बीमितहरुको घरदैलोमै जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: