Skip to content
LAXMI SUNRISE BANK

एशियन लाइफ इन्स्योरेन्सद्धारा जुम्लामा मृत्यु दाबी भुक्तानी

अर्थ सरोकार

 जुम्ला काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका जुम्लाका बीमित नरेन्द्र बहादुर रावलको श्रीमति निर्मला रावललाई ५ लाख १३ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र एशियन लाइफ इन्स्योरेन्सका जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारीले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले देशभर शाखा तथा उपशाखा गरी १०९ स्थान बाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । “आगामि दिनहरुमा कम्पनीले छिटो छरितो रुपमा सेवा प्रदान गरी गाँउगाँउमा गएर सबै नागरिकहरु लाई आयश्रोतको आधारमा बीमा गराई बीमाको फाईदा दिलाउने छौँ,” जुम्ला शाखाका शाखा प्रबन्धक भण्डारीले बताए।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा कम्पनीका अभिकर्ताहरु, बि।एमहरु, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगाएत जुम्ला शाखाका कर्मचरीहरुको उपस्थिति रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK