काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका जुम्लाका बीमित नरेन्द्र बहादुर रावलको श्रीमति निर्मला रावललाई ५ लाख १३ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र एशियन लाइफ इन्स्योरेन्सका जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारीले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीले देशभर शाखा तथा उपशाखा गरी १०९ स्थान बाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । “आगामि दिनहरुमा कम्पनीले छिटो छरितो रुपमा सेवा प्रदान गरी गाँउगाँउमा गएर सबै नागरिकहरु लाई आयश्रोतको आधारमा बीमा गराई बीमाको फाईदा दिलाउने छौँ,” जुम्ला शाखाका शाखा प्रबन्धक भण्डारीले बताए।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा कम्पनीका अभिकर्ताहरु, बि।एमहरु, जनप्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगाएत जुम्ला शाखाका कर्मचरीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्