काठमाडौँ – माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहिआएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो ।
उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि. के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।
मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेका छन् ।
माछापुच्छ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६.५% ब्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमै खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्