काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउण्टेन्टस्(साफा)ले माघ ८ गते भारतको पुणेमा सम्मानित गरेको छ । बैंकलाई साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ प्रदान गरिएको हो । निजी क्षेत्रका बैंकहरु विधामा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड दिंदै आएको छ । साफाले यो अवार्ड वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशाशनका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई अवार्ड दिइन्छ ।
नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्