काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २३ गते प्रदेश नं ६ को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थसरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथासुर्खेत बाट व्यापारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
कर्णाली प्रदेशमा रहेका १०जिल्लामध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३०,००० ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । नियमनकारी निकायको निर्देशन अगावै बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखा विस्तार गरि सकेको थियो । कर्णालीप्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिनुको साथै एटिएम संचालनमा ल्याएको थियो ।
हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्