Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको प्रदेश ७ को प्रादेशिक कार्यालय धनगढीमा

अर्थ सरोकार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष२४ गते प्रदेश ७ को प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजको बाक्लो उपस्थिति रहेको थियो । 
प्रदेश ७ अन्तर्गत बैंकका ५ वटा शाखाहरु बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल बाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू यस प्रादेशिक कार्यालयले छिटो सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश ७ मा रहेका ९जिल्लामध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८१ बैंकिङ कार्यलय, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK