काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार बैंकको ८१ औं शाखा कैलालीको मोहन्यालमा सञ्चालनमा ल्याएको छ । “योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस बैंकले सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ र यसलाई मुर्त रुप प्रदान गर्न, यस बैंकले मोहन्याल शाखा सञ्चालनमा ल्याएको हो ।
संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले दुर्गम क्षेत्रमा १६ वटा शाखाहरु संचालनमा ल्याईसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरि सकेको थियो ।
२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको छ ।
नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्