काठमाडौँ – सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १००,००० को मासिक लक्की ड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएका छन् । यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १०,००० र २ जनाले रु १००,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२,००,००० सम्म जित्न सक्ने छन् । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्