×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ्ग हाउस र सिटि एक्सप्रेसबीच विद्युतीय भुक्तानी प्रणालीमा शुरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल क्लियरिङ्ग हाउस र सिटि एक्सप्रेसबीच विद्युतीय भुक्तानी प्रणालीमा शुरू

Artha Sarokar

१५ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिन र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा सञ्चालन गर्न सक्नेछन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतको सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालनगर्ने उद्देश्य लिएको छ ।
हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणालीको लागिअन्तरबैंक विद्युतीयभुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानीगर्न सकिने प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग र अन्य ३ कम्पनीसँगको रुपमा सम्झौता गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी