काठमाडौं – देवः विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १३ करोड २९ लाख ८२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५.४७%ले कम हो । गत वर्ष बैंकको खुद नाफा १४ करोड ६ लाख ८६ हजार रुपैयाँ मात्र कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी १६.६५% ले बढोत्तरी गरेर ३६ करोड ७३ लाख १४ हजार पुर्याएको छ भने सञ्चालन नाफा ५.६२% ले घटेर २० करोड ८६ लाख ४१ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष देवःले २२ करोड १० लाख ७२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकले १७ अर्ब ११ करोड ४२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ६९ करोड ७० लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ करोड १२ लाख १० हजार रुपैयाँ जम्मा गरेको छ।
बैंकको खराब कर्जा २.१७% रहेको छ भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २३ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्