×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक र पंजाव नेशनल बैंकबीच वित्तिय तथा बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

PRIME CA
GLOBAL IME BANK

एभरेष्ट बैंक र पंजाव नेशनल बैंकबीच वित्तिय तथा बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

६ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वित्तिय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर गरेको छ ।
पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महाप्रबन्धक पंजाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा शैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न खक्नेछन् । रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।
यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: