Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा उदयपुरको चुहाडेमा, कुल शाखा १३३ पुग्यो

अर्थ सरोकार

काठमाडौं – ग्लोबल आइएमई बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्धिजिबी तथा स्थानीय वासीहरुको रोहवरमा भएको छ । उक्त शाखारहित बैंकिङ सेवा बैंकको गाईघाट शाखाको मातहतमा रहने छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । 
यस शाखा रहित बैंकिङबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा रकम झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११७ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK