×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासीको कावासोतीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नवलपरासीको कावासोतीमा ग्लोबल आइएमई बैंकको राजश्व संकलन काउण्टर सञ्चालनमा

Artha Sarokar

२५ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले पुस २४ गते नवलपरासीको कावासोतीमा (बर्दघाट–सुस्तापूर्व) राजस्व संकलन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दोचापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्वेश्यले राजस्व संकलन काउण्टर संचालन गरेको हो । 
उक्त राजस्व संकलन काउण्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालयका वासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे । यस राजस्व संकलन काउण्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ । यसका साथै बैंकले ११६औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पुस २० गते शुक्रबार देखि पाल्पा जिल्लाको तानसेन नगरपालिका १३, बौघा गुम्हामा ११६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीय वासीहरुको रोहवरमा भएको हो । 
हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटाराजश्व संकलनकाउण्टर र ११६शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी