काठमाडौं – ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवंम सुविधा सम्बन्धि सम्झौता भएको छ । एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरका सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्झौता पश्चात एमआर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई अस्पतालले विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकको १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि रसम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्