×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५% सम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५% सम्म छुट

२० पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र काठमाण्डौ भ्याली हस्पिटल प्रा.लिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो । 
सम्भौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र बैंकको तर्फबाट कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । 
उक्त सम्झौता पश्चात काठमाण्डौ भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट,प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् । 
हाल बैंकले १३३ शाखा, १४१ एटिएम,७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर,११५शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेकोछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी