काठमाडौं – जनता बैंकले ७ वटा प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को बिराटनगरको ट्रफिक चोक, प्रदेश २ को जनकपुरको भानु चोकमा, प्रदेश ३ को हेटौडाको स्कूल रोडमा, गण्डकी प्रदेशको पोखराको न्यूरोडमा, प्रदेश ५ को बुटवलको हस्पिटल लाइनमा , कर्णाली प्रदेशको सुर्खेतको बिरेन्द्रचोकमा र सुदुरपश्चिम प्रदेशको धनगढीको चटकपुरमा प्रादेशिक कार्यालयहरु स्थापना गरी संचालनमा ल्याएको हो ।
प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसँग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाहमा अझै स्तरीय तथा सरल हुने विश्वास बैंकले लिएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा सशक्त बनाउन साधन तथा स्रोत थप गरीदै लगिने बैंकले जनाएको छ ।
हाल बैंकले १२९ शाखा, ५० शाखा रहित बैकिङ, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर मार्फत ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्