×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकको सिएसआर, महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनता बैंकको सिएसआर, महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई सहयोग

Artha Sarokar

६ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रममा जनता बैंकले सचेतना मुलक सामाग्री प्रदान गरिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुमा नवनिर्मित नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बैंकको संस्थागत मामिला तथा सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५ हजार थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको जनाएका छन् ।
त्यस्तै जनता बैंकले चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भवन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अवस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ । यसैगरी त्रिवेणीघाट पनौतीमा रहेको मैंत्री वृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी