काठमाडौँ – ज्योति विकास बैंक लि. ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा एक कार्यक्रमकाबीच माघ १६ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।
त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।
आजकै दिन निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका सञ्चालक नारायण प्रसाद पौड्यालद्धारा उद्घाटन गरे ।
त्रियुगा नगरपालिका वडा नं. ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका सञ्चालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्