काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठ रोगका विरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औ विश्व कुष्ठरोग दिवस को अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यमा र अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट Dr. Bruce Hayes, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालक द्घय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरेका थिए । हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका विरामीहरु रहेका र बैंकको यो सहयोगले थौरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेले बताए ।
बैंक नाफामुखि मात्र नभएर सामाजिक रुपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्