काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकले कैलालीको घोडाघोडी नगरपालिका- ४ सिमथडीमा रहेको जनज्योती आधारभुत विद्यालयकि एक छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व र वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकले कक्षा ७ मा अध्ययनरत कल्पना रोकायालाई नगद छात्रवृति प्रदान गरेको हो । बैंकले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले रोकायालाई नगद छात्रवृति प्रदान गरेको हो ।
बैंकले घोडाघोडी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने कार्यक्रम रहेको कञ्चन डेभलबमेन्ट बैंकका शाखा प्रबन्धक प्रेम भट्टराईले जानकारी दिनुुभयो ।
त्यस्तै, छात्रवृत्ति वितरण कार्यक्रममा घोडाघोडी नपा वडा नं ४ का वडाध्यक्ष टेक बुढाले कल्पनालाई कक्षा १० सम्म पढाउने जिम्मा लिनु भएको छ । कल्पनाको आर्थिक अवस्था एकदमै कमजोर रहेकाले उनलाइ कक्षा १० सम्म पढाउने जिम्मा लिएको वडाध्यक्ष बुढाले बताउनु भयो । कल्पनाका बुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आउनु भएको छ भने उनकि आमा मानसिक अस्वस्थ छिन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्