×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पश्चिम रुकुमका ३ स्थानबाट कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

PRIME CA

पश्चिम रुकुमका ३ स्थानबाट कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

२५ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् । 
पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको छ । सोलाबाङ्गस्थित बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहका बीच शुभारम्भ गरे । 
आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: