×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनवीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसनवीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँहरु

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच सम्झौता भएको छ । कृषि क्षेत्रमा वित्तीय पहुँचलाई लाई सुदृढ बनाउने उद्देश्यले बैंक तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका तर्फबाट प्रतिनिधीले हस्ताक्षर गरेका थिए । 
सम्झौता पश्चात बैंकिङ च्यानेल मार्फत् एग्रिरस्टार्ट अपहरु तथा एग्रिरएसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।
हाल बैंकले ४६ जिल्लाहरुमा ९६ शाखाहरु, ३ हस्पिटल काउन्टर, १०८ एटिएम तथा २५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा सहित बैंकिङ एजेन्ट मार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: