Skip to content
LAXMI SUNRISE BANK

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीमक समितिको अध्यक्षमा कल्याण विक्रम पाँडे चयन

अर्थ सरोकार

काठमाडौं – पेशागत अभिकर्ता संघ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीमक समितिको अध्यक्षमा कल्याण विक्रम पाँडे चयन भएका छन् । समितिको शुक्रबार काठमाडौमा सम्पन्न भएको दोस्रो अधिवेशनले पाँडेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
बरिष्ठ उपाध्यक्ष लक्ष्मी दत्त जोशी चयन भएका छन् । उपाध्यक्षमा शंकर बहादुर कुँवर, सचिव होम बहादुर आले, कोषाध्यक्षमा प्रभा ज्ञवाली, सह सचिव संगीता भक्तराज, सदस्यहरुमा श्याम सिंह, इश्वरी पञ्जियार, रामचन्द्र ढकाल, रुक बहादुर गुरुड, शोभाखर अधिकारी, रेखा देवी प्रोख्रेल, दिल बहादुर खड्का, प्रेम शंकर गुप्ता, सुरेश बोहरा र गोविन्द प्रसाद गिरी चयन भएका छन् । नयाँ समितिको कार्यकाल तीन बर्षको हुनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK