×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको १०% लाभांश पारित, अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको १०% लाभांश पारित, अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो चयन

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेकोे हो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको उक्त २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । 
साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी आठ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ संचित छ ।
बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।
हाल बैंकले ८८ वटा शाखाहरु, १०८ वटा एटीएम, २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । साथै, बैंककको देशभर संचालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी