×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा मैतिदेवीमा, चिन्तामणी सिवाकोटी र ईन्द्रबहादुर थापाले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा मैतिदेवीमा, चिन्तामणी सिवाकोटी र ईन्द्रबहादुर थापाले गरे उद्घाटन

२० पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले ८१ औं शाखा काठमाडौंको मैतिदेवीमा विस्तार गरेको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० मैतिदेवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी र बैंकका सञ्चालक ईन्द्रबहादुर थापाले गरिएका हुन् ।
उक्त कार्यक्रमा बैंकका संचालकहरु मुकुन्दनाथ ढुङ्गेल, दिपक कार्कीका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका अन्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । नेपाल सरकार कृषि मन्त्रालयका सचिव डा. युवक ध्वज जोशी, महानगरीय प्रहरीवृत कमलपोखरीका डि.एस.पी रविन्द्र पौडेल तथा पूर्व न्यायधिश हरीबहादुर बस्नेतद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थिए ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी प्रदान गरेका थिए । मैतिदेवी शाखा सहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी