×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता

PRIME CA
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता

३ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेड कमलादी काठमाडौँ र प्रभु मनि ट्रान्सफरबीच विप्रेषण सेवा सम्झौतामा भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकको तर्फबाट प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महा प्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सक्ने भएको छ । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
नेपाल बंगलादेश बैंक यो वर्ष करिब १०० शाखा सञ्चालनमा ल्याउने रणनिति रहेको जानकारी प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंहले दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: