Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकहरुले स्वास्थ्य सेवामा विशेष छुट पाउने

अर्थ सरोकार

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवामा विशेष छुट व्यवस्था रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाका साथै ७४ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK