×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सहुलियतपूर्ण कर्जा बजारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बैंकको सहुलियतपूर्ण कर्जा बजारमा

Artha Sarokar

१५ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल बैंक लिमिटेड्ले सहुलियतपूर्ण कर्जाहरु बजारमा ल्याएको छ । देशका ६० जिल्लामा फैलिएका १५७ शाखा संजाल मार्फत विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजदरमा विभिन्न उपयोगी कर्जाहरु बजारमा ल्याएको हो । बैकको आधार दरमा २ प्रतिशत प्रिमियम थप गरि नेपाल सरकारबाट प्राप्त हुने निश्चित प्रतिशत अनुदान घटाई कायम हुने उक्त कर्जाको व्याजदर बजारमा उपलव्ध अन्य कर्जाहरु र मुद्रास्फृतिको तुलनामा न्यून रहेको छ ।
यसरी उपलव्ध गराईने कर्जा सेवाहरुमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशीलता कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा ,दलित समुदाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्प पीडितलाई निजी आवाश निर्माण कर्जा रहेका छन् ।
नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार उक्त बैकद्वारा कार्यान्वयनमा ल्याईएका बैकका सबै शाखा कार्यालयबाट उपलव्ध यी कर्जा सुविधामा लक्षित फर्म /व्यक्ति तथा समूहबाट भर्न सक्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी