काठमाडौं – नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १२ स्थित भुमही बजारमा नयाँ शाखा सञ्चालन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापा (भरत) ले गरे।
नगर प्रमुख थापाले कार्यक्रममा बोल्दै, शाखा खोल्न सुनवल नगरपालिकाको भुमहीलाई रोजेकोमा बैंकलाई धन्यवाद दिदैं यस क्षेत्रका व्यवसायीहरुलाई सम्वृद्धिको यात्रामा बैंक सहयोगी सिद्ध होस् भन्ने शुभकामना दिए । साथै बैंकका अध्यक्षले भुमहीमा कम्युनिटीको आगमनले यस क्षेत्रका वासिन्दाहरुलाई प्रस्पिर्धात्मक बैंकिङ तथा वित्तीय सेवाको अवसर प्राप्त हुने र बैंकले कुषि, उर्जा, स्वरोगार एवं साना तथा घरेलु उद्योगहरुलाई प्राथमिकता दिने जानकारी दिंदै यसवाट फाईदा लिन सबैमा अपिल गरे ।
उक्त समुद्घाटन समारोहमा बैंकका शेयरधनी सुर्य प्रसाद दुवे, प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनाल, भुमही बजार व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज भट्टराई, मोतीलाल बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण तिवारी र सुनवल नगरपालिका वडां. १२ का वडा अध्यक्ष यमलाल पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
रुपन्देही जिल्लाका देवदह–९, भलुही, सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया र वुटवल–८, सुख्खानगरमा थप नयाँ शाखाहरु सिघ्र संचालनको क्रममा रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्