×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १६४.३४%ले वृद्धि

अर्थ सरोकार

प्रकाशित मिति : २ माघ २०७५, बुधबार

PRIME CA

एनआइसी एसिया बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १६४.३४%ले वृद्धि

काठमाडौं : एनआइसी एसिया बैंकको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ।  सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १६४.३४% बढोत्तरी गरेर १ अर्ब ५१ करोड १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष बैंकले ५७ करोड १७ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड ५० लाख २३ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६० करोड ७६ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । भने सञ्चालन नाफा ७८ करोड ४४ लाख १० हजार रुपैयाँ बढेर २ अर्ब १३ करोड ७० लाख ५० हजार रुपैयाँ पुगेको छ । 
एनआइसी एसियाको १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड १२ लाख ५८ हजार रुपैयाँ रहेको छ। 
बैंकको खराब कर्जा ०.३०% रहेको छ भने प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९३ पैसा छ ।
एनआइसी एसियाको दोस्रो त्रैमासिक रिपोर्ट हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: