Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा दार्चुलाको धाप र दत्तुमा

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले दार्चुला जिल्लाको महाकाली नगरपालिका,वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे बैंकले यु.के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा क्रमशः पुस १७ र १८ गते उक्त शाखाहरु संचालनमा ल्याएको हो ।
बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्नाले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरिएको छ । 
त्यस्तै, बैंकले महाकाली नगरपालिका,वडा नं।९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हर सिंह डाँगाले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम)को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्ने जस्ता कार्यहरु गर्न सक्नेछन् । यस सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा समेत वित्तीय सवलीकरण भई बैंकिङ्ग कारोबारको बिस्तार हुने विश्वास बैंकले लिएको छ ।
मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । 
सक्षम यु.के.एडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डिएफआईडि नेपालका लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा वित्तीय पहुँच तथा सवलकिरणको लागि कार्य गर्दै आईरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK