काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौँ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित भाग्योदय मा.विलाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति माननिय शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको विशेष आथित्यतामा श्रीमती शशि श्रेष्ठ, श्रीमान शिवराज श्रेष्ठ, तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ गरिरहेको एनआईसी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको प्रशांसा गरे ।
हाल बैंकको मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं्२३ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७५, कुल कर्जा करिब १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्