काठमाडौं – एनआईसी एशिया बैंकले यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा दाङ्गको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवामा नयाँ शाखा विस्तार गरेको छ । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले शुक्रबार एक भव्य समारोहका बिच उक्त शाखाको उद्घाटन गरे ।
बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत करिब १४ लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।
सक्षम यु.के.एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।