
- अर्थ सरोकार सम्बाददाता
पोखरा- सुन्दर नगरी पोखरामा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । पोखरा महानगरपालिका वडा नं १, बगरस्थित बगर शाखाको नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शुक्रबार एक समारोहका बिच उद्घाटन गरेका हुन् । श्रावण २५ गते बाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहका प्रमुख अतिथि पौडेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्रबैंकको वित्तीय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको जनाए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्