×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले ल्यायो मास्टरकार्ड, ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंकले ल्यायो मास्टरकार्ड, ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति

Artha Sarokar

२७ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । मास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यो सेविट कार्डले बैंकका ग्राहकहरुलाई सहजता र सुरक्षाको प्रत्याभुति गर्ने विश्वास वैंकले लिएको छ ।
अन्तर्राष्ट्रिय स्तरको भुत्तानी सेवा सञ्चालन (पीएसओ) सेवा प्रदान गर्ने मास्टरकार्डका विश्वका २१० देशहरुमा नेटवर्क छ । उसले आफ्नो सेवामार्फत् व्यक्ति, व्यवसायिक संस्था, वित्तीय संस्थाहरु, सरकार र गैर सरकारी संस्थाहरुलाई जोड्ने काम गरेको छ । बैंकको उक्त नेटवर्कसँग साझेदारी भएसँगै आफ्ना ग्राहकहरु समेत त्यससँग जोडिने बैंकले जनाएको छ ।
सेवा सुभारम्भको अवसरका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको यो साझेदारी भविष्यसम्म अझै फराकिलो हुँदै जाने र यसले दुवै कम्पनीलाई द्धिपक्षीय लाभ प्राप्त हुने विश्वास लिएका छन् । त्यस्तै मास्टरकार्डका दक्षिण एशिया हेर्ने प्रमुख पोरुष सिंहले पनि प्रभु बैंकसँग आफूहरुले फराकिलो साझेदारी चाहेको बताएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी