×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा अघि बढ्दै रिलायन्स लाइफ इन्स्योरेन्स, एकैसाथ सात नयाँ शाखा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शाखा विस्तारमा अघि बढ्दै रिलायन्स लाइफ इन्स्योरेन्स, एकैसाथ सात नयाँ शाखा सञ्चालनमा

Artha Sarokar

१८ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन ७ नयाँ शाखाहरुको उद्घाटन गरेको छ । इन्स्योरेन्सले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी ७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो ।
वीरगंज शाखाको उद्घाटन कम्पनीका अध्यक्ष ताराचन्द केडिया र वीरगंज महानगरपालिकाका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् ।
कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप(प्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी