काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले सार्वजनिक गरेको रिलायन्स मुद्दती निक्षेप सुरक्षा योजना (Reliance Fixed Deposit Protection Plan) बैंकको मुद्दती निक्षेप जस्तै हो जसमा नियमित वा एकमुष्ठ बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण, र बीमा अवधिभर बीमाङ्कको बार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइने जस्ता सुविधाहरु रहेका छन् । यसको अतिरिक्त बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (बार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ठ रुपमा भुक्तानी गरिनेछ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ रुपमा बीमितलाई भुक्तानी गरिने विशेषता रहेको छ ।
बीमालेखको निरन्तरता रहुन्जेलसम्म सुरक्षाको साथै वार्षिक रुपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने बित्तीय आवश्यकताहरु पूरा गर्न एक उत्तम विकल्पको रुपमा कम्पनीले यो योजना लिएर आएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरघरानाद्वारा प्रवद्र्धित कम्पनी हो जसले हाल ६८ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्