Skip to content
LAXMI SUNRISE BANK

रुस्लानको ब्रान्ड एम्बेसडरमा पारस, ज्ञानेन्द्र र शरद नियुक्त

अर्थ सरोकार

काठमाडौँ – नेपालको सर्वाधिक लोकप्रीय व्राण्ड रुस्लानले क्रिकेट क्षेत्रका बहु प्रतिभाशाली पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । एक वर्षको उक्त सम्झौता मुलतः प्राथमिक तहको क्रिकेट विकाशमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिनेछ । 
पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लान संग जोड्न पाएकोमा निकै खुसि छौं । खेलकुद क्षेत्रमा ठुलो योगदान दिइ नेपाललाइ विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा बिस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए ।
नेपालकै मुख्य खेलहरु – फुटबल र क्रिकेट – संग रुस्लानले लामो समयदेखि सहकार्य गर्दै आएको र भविस्यमा यी खेलहरुलाई अझै विकास गर्न रुस्लानले पूर्ण समथर्न गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका ग्रुप कार्यकारी निर्देशक शशिन जोशीले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बताए । “विश्वास, उत्कृष्टता र दृढता नेतृत्वको आधार हुन, यीनै विशेषतासंग जोडिएर खेलकुदको क्षेत्रमा रुस्लानले आफुलाई दरिलो रुपमा प्रस्तुत गर्दै आएको छ ।”
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK