काठमाडौं – सहारा विकास बैंकले विद्युतीय चेक क्लियरिङ र अन्तर बैंक विद्युतीय भुक्तानी सेवा दिने भएको छ । उक्त सेवा संचालन गर्नका लागि बैंकले नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयकुमार शाह र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उदेश्यका साथ विद्युतीय चेक क्लियरिङ सेवाको सुरु गरेको हो ।
हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्नेका लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।
नेपाल क्लियरिङ हाउससँग भएको सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ प्रणाली संचालनमा रहने वित्तीय संस्थाहरु ८० पुगेको छ । नेपाल क्लियरिङ हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका चार हजार चार सय ७८ शाखाहरुको चेक राफसाफ गराउदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्