Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा रोल्पाको सुलीचौरमा, अच्युत प्रसाद प्रसाई र गुनेन्द्र घर्तिले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पौष १७ गते रोल्पा जिल्लाको सुनील स्मृति गाउँपालिका स्थित सुलीचौरमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक अच्युत प्रसाद प्रसाई र सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तिले संयुक्त रुपमा गरेका गरेका छन् । 
उक्त कार्यक्रममा बैंकका संचालक अच्युत प्रसाद प्रसाई, सोही गाउँपालिकाका वडा अध्यक्ष गन्ज बहादुर क्षेत्री, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी बीर बहादुर घर्तीले कार्यक्रममा मन्तव्य राखेका थिए । 
हाल बैंकले ७७ वटा बैंकिङ कार्यालय २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK