काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले सुर्खेत जिल्लाको गुर्भाकोट न.पा.स्थित बोटेचौरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक अच्युत प्रसाद प्रसाई तथा गुर्भाकोट न.पा.का मेयर हस्त बहादुर पुनले संयुक्त रुपमा गरे ।
सो अवसरमा बाल्दै प्रमुख अतिथी मेयर पुनले उक्त क्षेत्र कृषिको लागि निकै सम्भावना भएको उल्लेख गर्दै बैंकले कृषिमा लगानी गरि सो क्षेत्रको विकासमा सहयोग पुर्याउनु पर्ने विचार ब्यक्त गरे ।
बैंकले स्थानीय विकासको आधार भन्ने आफ्नो मुलमन्त्रलाई आत्मसाथ गर्दै सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुंच पुर्याउने बैंकको लक्ष्य रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
बैंकले हालसम्म सातवटै प्रदेशमा गरि शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजारभन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्