Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै सानिमा लाईफ इन्स्योरेन्स, एक साथ ४ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्सले प्रदेश नं. ७ मा ४ नयाँ शाखा विस्तार गरेको छ।  कम्पनीले प्रदेश नं. ७ को अत्तरीया, लम्की, दिपायल र बेलौरीमा शाखा सञ्चालन ल्याएको हो । 
जसमा अत्तरीया शाखाको उद्घाटन न.पा का नगर प्रमुख हरिसिंह साउदले गरेका छन्। लम्की शाखाको उद्घाटन लम्की न.पा का नगर प्रमुख महादेव बजगाईले गरेका छन्। 
त्यस्तै गरि दिपायल शाखाको उद्घाटन दिपायल न.पा का नगर प्रमुख मन्जु मलाछी र बेलौरी शाखाको उद्घाटन बेलौरी न.पा का नगर प्रमुख पोतीलाल चौधरीले गरेका छन्।  
सो अवसरमा कम्पनीका महाप्रबन्धक शिव राम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ समेतको उपस्थिती थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK